पेट्रोल र डिजलको भाउ बढ्यो

yamsoti@gmail.com       March 1, 2026 23

काठमाडौँ :  नेपाल आयल निगमले आज मध्य रातदेखि लागू हुने गरी पेट्रोल र डिजेलको भाउ बढाएको छ।  निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ भाउ बढाएको छ। भारतबाट भाउ बढेर आएकाले मूल्य बढाउनु परेको निगमले जनाएको छ ।

काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १६१ रुपैयाँ र डिजेल १४७ रुपैयाँ कायम भएको छ। यसैगरी चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको भाउ १५८.५० रुपैयाँ र डिजेल १४४.५० रुपैयाँ पुगेको छ। सुर्खेत र दाङमा पेट्रोलको दाम १६० रुपैयाँ र डिजेलको १४६ रुपैयाँ पुगेको छ।

©Copyright©2024-2026 Disabled Society Reform Center

Powered By: Hi Tech